२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

चीनसँगको नाका तत्काल खोलौँ: सापकोटा

प्रतिनिधि सभा बैठकबाट चीनसँगको नाका तत्काल खोल्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।  

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले उत्तरतर्फबाट सीमा नाका तत्काल सुचारु गर्नु अत्यावश्यक भएको भन्दै प्रतिनिधि सभा बैठकबाट  सरकारको ध्यानाकर्षण गराए।

चीन जोडिने सिन्धुपाल्चोकको तातोपानी नाका र रसुवागढी नाका बाढी पहिरोका कारण अवरुद्ध रहेको बताउँदै उनले चाँडो सुचारु गराउन सरकारको ध्यानाकर्षण गराए ।

तातोपानी नाका जाने अरनिको राजमार्ग पछिल्लो २९ दिनदेखि अवरुद्ध रहेको भन्दै उनले यसले मुलुकको राजस्वमै असर परेको दावी गरेका छन् ।  

उनले भने, ‘एउटा पहिरोका कारण वार्षिक २४ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएको उत्तरतर्फको दुवै वटा नाका बन्द छन्, यसले चाडबाडको मुखमा हामी छौँ । यसले बजार भाउ अपत्यारिलो ढंगबाट आकासिने सम्भावना बढेर गएको छ तर, सरकार नियमित काम जस्तो सामान्य एउटा मेसिन लगाएर इको पहिरोमा खेलिराखेको छ।’

उनले सरकारसँग भएको अधिकतम साधन स्रोतको प्रयोग गरेर तत्काल पहिरोको व्यवस्थापन गरी नाका खुलाउन जिम्मेवारीका साथ लाग्नुपर्ने बताए ।  

 

प्रकाशित: १३ भाद्र २०८२ १६:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App