नेकपा एमाले निकट मुक्ति समाज दोलखाका नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्। उनीहरूलाई पार्टीका संयोजक पुष्पकमल दाहालले केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा स्वागत गरे।
नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नेहरूमा खड्गबहादुर गजमेर, सितारमा विक, खड्कबहादुर खाति, हलबहादुर खाति, राजन खाति, गीता खाति, अजित रिजाल, रामजी खाति, रमेश खाति, पदम सेन्चुरी, भुवन खाति, शकुन्तला खाति, दिपबहादुर खाति, चन्द्र गजमेर, गणेश रिजाल, रजनी खाति, राहुल लामिछाने, रोहित कार्की, अरुण सुवेदी, सुरज मोत्तान, रञ्जिता खाति, शरण रसाली, राजु रिजाल, देवी रिजाललगायत नेता तथा कार्यकताहरू रहेका छन्।
कार्यक्रममा संयोजक दाहालले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै देशमा वाम आन्दोलनलाई सशक्त बनाउन सबै क्रान्तिकारी कम्युनिष्टहरू एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको धारणा राखेका छन्।
प्रकाशित: १२ फाल्गुन २०८२ १५:०६ मंगलबार





