२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

निर्वाचनमा होमिन कार्यकर्तालाई नेता कोइरालाको आग्रह

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले चुनावमा केन्द्रित हुन कार्यकर्तालाई आग्रह गरेका छन्। शनिबार जेनजी आन्दोलनका क्रममा जलेको विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै डा कोइरालाले चुनावमा केन्द्रित हुन कार्यकर्तालाई आग्रह गरेका हुन्।

नेता कोइरालाले भने, ‘सरकारले आगामी फागुनमा चुनाव गर्ने घोषणा गरिसकेकाले चुनाव केन्द्रित गतिविधिमा सक्रिय हुन सबैलाई आग्रह गर्दछु।’

उनले अहिलेको सरकार विशेष परिस्थितमा बनेको हुनाले यो सरकारलाई चुनाव गराउने बाहेक अन्य कुनै छुट नभएको स्पष्ट पारे। उनले भने, ‘अहिलेको सरकारलाई निर्धारित समयमा चुनाव गाउने बाहेक अन्य कुनै छुट छैन।’ 

जेन्जीको आन्दोलनका क्रममा भएका घटनाहरूको राज्यले छानबिन गर्नुपर्ने धारणा उनले राखे। कोइरालाले भने, ‘भदौ २३ र २४ गते भएका घटनाको छानबिन राज्यले गर्नुपर्छ।’

अहिलेको परिस्थिति बुझ्न र लोकतन्त्रको केन्द्रमा रहेको विराटनगरको कोइराला निवास किन जल्यो भन्ने विषयमा पनि सोच्न आवश्यक रहेको डा कोइरालाले बताए।

प्रकाशित: ४ आश्विन २०८२ १२:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App