६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रिय मेलमिलापमा नेता कोइरालाको जोड

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजनीतिमा उदाएका नयाँ चुनौतीको सामना गर्न राष्ट्रिय एकता तथा मेलमिलापको खाँचो रहेको बताएका छन्।  

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले पार्टीभित्रमात्र नभई मुलुकमा नै राष्ट्रिय एकता आजको आवश्यकता भएको बताए।  

‘वर्तमान राजनीतिक परिस्थितिमा हामीलाई जनताले विश्वास गरेमात्र हाम्रो सान्दर्भिकता देशमा रहने हो, यो गम्भीर तथ्यमा चुक्यौँ भने हामी भूमिकाविहीन हुने जोखिम रहन्छ, नेपाली कांग्रेसले राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सम्भव छ, यसका लागि बिपी कोइरालाको मेलमिलाप नीतिले हामीलाई मार्गनिर्देशन गर्दछ भनी हामी सबैले आत्मसात् गरौँ”,  नेता कोइरालाले सन्देशमा  भनेका छन्।  

प्रकाशित: १६ पुस २०८२ १०:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App