५ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस विधान पढाउँदै बामपन्थी खेमाका वकिल

नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी रिटमा आज भएको सुनुवाइको रोचक दृष्य देखियो ।  

सर्वोच्च अदालतमा सुनुवाइका क्रममा शेरबहादुर देउवा पक्षबाट एमाले खेमाका कानुन व्यवसायीहरुले बहस गर्दाको दृश्य रोचक थियो । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा हिजोदेखि सुनुवाइ सुरु भएको थियो । कांग्रेस मुद्दामा गगन थापा नेतृत्वको पक्षमा कांङ्रेस निकट वकिल हरिहर दाहाल, सिताराम केसी, गोपालकृष्ण घिमिरे, सेमन्त दाहाला, चन्द्रकान्त ज्ञवाली, पूर्णमान शाक्य, शैलेन्द्र दाहाल, यदुनाथ खनालसहितले बहस गरेका छन् ।  

देउवापक्षबाट  एमाले, माओवादीको समयमा महान्याधिवक्ता भएका रमेश बडाल, रमण श्रेष्ठ र गोविन्द बन्दीसहितले बहस गरेका छन् । देउवा पक्षका कानुनविदहरुले कांग्रेसको विधान पढाइरहेको जस्तो आभास भएको थियो । हालसम्मको सुनुवाइमा रिट निवेदक पक्ष र विपक्षका वकिलहरूले बहस गरिसकेका छन् । जवाफी बहसपछि इजलास निर्णय सुनाउने प्रक्रियामा जानेछ ।  

प्रकाशित: ४ वैशाख २०८३ १८:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App