सभामुख डोलप्रसाद अर्यालले अब कानुन निर्माण र संसोधनको काम फाष्ट ट्रयाकमा गरिने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित लायन्स क्लबको ४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा धेरै क्षेत्रमा कानुनहरु बनाउन र संसोधन गर्न बाँकी रहेको बताउँदै राष्ट्र र राष्ट्रियताको लागि कानुन बनाउने कुरामा इमान्दार र निष्पक्ष भएर भूमिका निार्वाह गर्ने बताए ।
उनले भने,‘नेपालमा धेरै क्षेत्रमा कानुनहरु बनाउन र संसोधन गर्न बाँकी छ । कानुन ,ऐन ,नियमावली र कार्यविधि कुनै पनि ठाउँमा संसोधन गर्नुपर्ने छ भने ,कसैको अहितमा कुनै पनि कानुन छ भने त्यो कानुनलाई फाष्ट ट्रयाकमा संसोधन गरेर नयाँ बनाउँछौं । यो राष्ट्र र राष्ट्रियताकोलागि कानुन बनाउने कुरामा एक इन्च पनि दायाँ–बायाँ नभई इमान्दार र निष्पक्ष भएर भूमिका निर्वाह गर्ने छु । जति ढिला भयो उति समस्या बढ्न सक्छ । त्यसैले मेरो काम फाष्ट ट्रयाकमा काम हुने छ ।’
प्रकाशित: २८ चैत्र २०८२ १५:२३ शनिबार





