३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

विद्या भण्डारीले अघिल्लो वर्ष र यस वर्षको पनि पार्टी सदस्यता नवीकरण गरिसक्नुभयो: थापा

नेकपा (एमाले) का नेता कर्ण थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता नवीकरण गरिसकेको बताएका छन्। आइतबार (आज) पार्टी मुख्यालय च्यासलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

‘उहाँले पार्टी सदस्यतानवीकरण गर्नुभएको त एक वर्ष अगाडि, एक वर्ष अगाडि उहाँले अघिल्लो वर्षको नवीकरण गर्नुभयो र यस वर्षको पनि उहाँले नवीकरण गरिसक्नुभयो,’ थापाले भने, ‘यो त हाम्रो पार्टीको महासचिव शंकर पोखरेलले सञ्चारमाध्यमसँग बोल्दा नै १४ गते नवीकरण गर्नुभएको होइन नि उहाँले त, एक वर्षअगाडि नै गर्नुभएको हो हामी सबैलाई थाहा छ। अब उहाँले नवीकरण विषयमा त्यसमा कुनै विवाद छैन भनेर भन्नुभएको छ।‘

उनले भण्डारीको पार्टी सदस्यताका बारेमा केही समस्या नै नरहेको बताए। ‘अध्यक्षले हिजो मिटिङको अन्त्यमा उहाँका बारेमा कुनै निर्णय गर्न परेन, हामी छलफल गर्छौँ र निष्कर्ष निकाल्छौँ भन्नुभएको हो उहाँले। सदस्यताका बारेमा त केही समस्या नै छैन जस्तो लाग्छ। हिजो कुनै निर्णय भइसकेको छैन,’ उनले भने। 

त्यसो त शनिबार (हिजो) बसेको पार्टीको पोलिटब्यूरो बैठकले भने भण्डारीको पार्टी सदस्यता 'पेन्डिङ' रहेको निष्कर्ष निकाल्दै उचित समयमा उचित निर्णय लिने जनाएको छ।

प्रकाशित: ४ श्रावण २०८२ १७:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App