झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र साहले झापाका सुकुम्बासी र काठमाडौंका सुकुम्बासीको अवस्था फरक रहेको बताएका छन्। मंगलबार कमल गाउँँपालिकामा स्थानीय जनतासँगको भेटघाटमा उनले यस्तो बताएका हुन्।
साहले काठमाडौंमा रहेका सुकुम्बासीहरू खोलाको छेउमा बस्दै आएका भन्दै खोलाको छेउमा बसेका बस्तीहरू बर्खायाममा बाढी आउँदा जोखिममा पर्ने र हरेक वर्ष असार लागेपछि उनीहरूलाई त्यहाँबाट सारेर सुरक्षित स्थानमा लैजानुपर्ने बताएका छन्।
त्यसैकारण काठमाडौंमा प्रयोग गरिएको डोजर मानिसलाई दुःख दिन नभएर खोलाको छेउमा जोखिममा बसेकाहरूलाई सुरक्षित स्थानमा राख्नका लागि रहेको बताए।
झपाको सन्दर्भमा भने उनले धेरै सुकुम्बासी ४० देखि ५० वर्षअघिदेखि बसोबास गर्दै आएको भन्दै उनले २०४८ सालदेखि हालसम्म २३ वटा भूमि आयोग बने पनि अझैसम्म धेरैले लालपुर्जा नपाएको बताएका छन्।
प्रकाशित: २० माघ २०८२ ११:२० मंगलबार





