२० पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

उपेन्द्रको बचाउमा उत्रिएका जसपाका नेता-कार्यकर्ता पक्राउ

भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगरेपछि सरकारले सर्वोच्च अदालतमार्फत पार्टी अध्यक्ष उपेन्द्र यादवमाथि षड्यन्त्र गरेको आरोप लगाउँदै जनता समाजवादी पार्टी (जसपा) नेपालले आयोजना गरेको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ।

मंगलबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिरहेका पार्टीका प्रवक्ता र सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।

No description available.

विरोध प्रदर्शनका क्रममा प्रहरीले जसपा नेपालका कार्यकारिणी समिति सदस्य एवं प्रवक्ता मनिष कुमार सुमन, सांसद किरण साह, केन्द्रीय सदस्य शशिकपुर मिया लगायतलाई नियन्त्रणमा लिएको हो।

No description available.

त्यसैगरी, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष मनिष यादव, समाजवादी युवा संघका महासचिव दिलिप पटेल, युवा नेता मनिष यादव ओम, बबी सिंह, रेणुराज सिंह लगायतका नेता-कार्यकर्ताहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ।

No description available.

पक्राउपछि त्यस क्षेत्रमा केहीबेर स्थिति तनावपूर्ण बनेको थियो। जसपा नेपालले आफ्ना नेता-कार्यकर्ताको तत्काल रिहाइको माग गरेको छ।

रौतहटको गौरमा झन्डै १९ वर्षअघि २७ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डका विषयमा छानबिन गर्न सर्वोच्च अदालतले सोमबार परमादेश दिएको छ। उक्त आदेशको विरोधमा जसपा नेपालले मंगलबार प्रदर्शन गरेको हो।

No description available.

प्रकाशित: ३ भाद्र २०८२ १९:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App