२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

फिल्डमा कुलमान: दुई महिनादेखि बन्द राजमार्ग खुलाउन स्थलगत निरीक्षण

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्रीको जिम्मेवारी सम्हालेपछि कुलमान घिसिङले आफ्नो कार्यक्षेत्रको सबैभन्दा जटिल समस्या समाधान गर्न फिल्डमै पुगेका छन्।

उनले विगत दुई महिनादेखि पहिरोले अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक नाका अरनिको राजमार्ग अन्तर्गतको बाह्रबिसे–तातोपानी कोदारी सडकको स्थलगत निरीक्षण गरेका हुन्।

मन्त्री घिसिङले पहिरो प्रभावित ‘इको क्षेत्र’ को निरीक्षण गर्दै सडक खुलाउन भइरहेको प्रयासबारे जानकारी लिए। उक्त पहिरोका कारण दसैं, तिहार र छठ जस्ता ठूला चाडपर्वका लागि चीनबाट आयात गरिएका सामान बोकेका हजारभन्दा बढी कन्टेनरहरू बाटोमै अलपत्र परेका छन्।

पहिरो स्थलमा रहेका सडक विभागका कर्मचारी तथा सुरक्षाकर्मीहरूलाई निर्देशन दिँदै मन्त्री घिसिङले उपलब्ध सबै स्रोतसाधनको प्रयोग गरेर युद्धस्तरमा काम गर्न र जतिसक्दो छिटो राजमार्ग सञ्चालनमा ल्याउन निर्देशन दिए।

सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: ६ आश्विन २०८२ १७:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App