२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

जेनजी' पुस्ताको प्रदर्शनलाई कुलमानको पनि साथ, जनाए ऐक्यबद्धता

फाइल तस्बिर

उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले सोमबार हुन लागेको 'जेनजी' पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई  समर्थन जनाएका छन्।

सामाजिक संजालमा पोष्ट गर्दै उनले सरकारले सामाजिक संजाल बन्द गर्न गरेको निर्णयको विरोध गरेका छन्। उनले यो निर्णयको विरोधमा जेन जी पुस्ताले निकाल्ने जुलुसमा उज्यालो नेपाल अभियानको ऐक्यबद्धता रहेको पनि जनाए।

हालै खाडी मुलुकहरु, युरोप र अमेरिकाको भ्रमण गरेर नेपाल फर्किएका कुलमानले नेपालमा बत्तीको उज्यालो मात्रै नभई सबै क्षेत्रमा सुशासन र समृद्धिको उज्यालो ल्याउन  उज्यालो नेपाल अभियान सुरु गरिएको बताएका थिए।  उनले लाखौं युवा विदेश पठाएर देशले उन्नति गर्न नसक्ने भन्दै स्वदेशमै रोजगारी सिर्जना गर्नु पर्नेमा जोड दिएका थिए।  उनले देशमा निराशा व्याप्त रहेकोमा अब स्वदेशमै केही गर्न सकिन्छ भन्ने आशा जगाउन पनि उज्यालो नेपाल अभियान सुरु गरिएको जनाएका थिए।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कार्यकाल पुरा हुन चार महिना मात्रै बाँकी रहंदा पदबाट बर्खास्त गरिए पछि विदेश भ्रमणमा निस्किएका कुलमानलाई प्रवासी नेपालीका संघसंस्थाहरुले नागरिक अभिनन्दन तथा सम्मान गर्दै नेपालको रुपान्तरणमा अगाडी बढ्न आग्रह गरेका थिए।

यसैबीच काठमाडौं महानगरका मेयर बालेन शाहले २८ वर्षभन्दा कम उमेरका जेन जी पुस्ताका युवाहरुले आह्वान गरेको आन्दोलनमा आफ्नो समर्थन रहेको बताएका छन्।  उनले  आफू उमेर हदबन्दीका कारण र्‍यालीमा सहभागी हुन नमिल्ने भए पनि युवाहरूको इच्छा, उद्देश्य र सोच बुझ्न इच्छुक रहेको बताएका छन्।  विभिन्न संघसंस्था तथा दलहरुले पनि उक्त आन्दोलनप्रति समर्थन जनाएका छन्।

सामाजिक सञ्जाललाई व्यवस्थित गर्न वैकल्पिक उपाय अपनाउँदै तत्काल यसको पहुँच सहज बनाउन संघले नेपाल सरकारलाई आग्रह गरेको छ । साथै, विदेशमा रहेका सामाजिक सञ्जाल कम्पनीहरूसँग पहुँच स्थापित गर्न  सहयोग गर्न तयार रहेको पनि प्रवक्ता गौतमले विज्ञप्तिमा जनाएका  छन्  ।

प्रकाशित: २२ भाद्र २०८२ २१:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App