नेकपा (एमाले) को अध्यक्ष पदमा केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन्।
भृकुटीमण्डपमा जारी बन्दसत्रमा अहिले उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ। एमालेको नेतृत्वमा तेस्रो पटक पुग्ने लक्ष्यसहित उनले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।
यसअघि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन्।
प्रकाशित: २९ मंसिर २०८२ १५:३२ सोमबार





