२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

केपी ओली र पुष्पकमलसँग अँगालो मार्नु रास्वपाको लागि प्रत्युत्पादक: भीम रावल

नेकपा एमालेका पूर्व नेता भीम रावलले केपी ओली र पुष्पकमलसँग अँगालो मारेर पदलिनु रास्वपाको लागी घाटा भएको भनाई  भनाइ राखेका छन्। ‘नागरिक फ्रन्टलाइन’ का लागि बुधवार नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलसँगको कुराकानीमा  रावलले ‘नो नट अगेन’ भन्नेले तिनै पुराना नेतालाई अँगाल्दा प्रत्युत्पादक भएको धारणा राखे।

‘उहाँहरूले अङ्ग्रेजी शब्द प्रयोग गरेर ‘नो नट अगेन’ भन्नुभयो। अर्थात् पुराना यी नेतालाई थोत्रा भन्दै यिनलाई समर्थन पनि नगर्ने र यिनीहरूसँग नजाने भनेको कुरा त साँचो हो नि,’  ’उनले भने,  ‘तर उहाँहरूले तिनै केपी ओली र पुष्पकमलसँग अँगालो मारेर पद लिनुभयो। त्यही मन्त्रालय चाहियो भनेर लिनुभयो।’

राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ सम्भावना लिएर आएको सबैले महसुस गरकाले पहिलो चरणमा संसद्मा राम्रो उपस्थिति भए पनि पछिल्ला गतिविधिका कारण कमजोर बन्दै गएको रावलको बुझाई छ।‘रवि लामिछानेजीका बारेमा उठेका कतिपय विषयले त्यो पार्टीप्रतिको दृष्टिकोणमा धेरै असर परेको देख्छु,’ उनले भने, ‘यद्यपि उहाँहरूले हस्ताक्षर गर्ने र सदस्यता बढाउने कुरा सचेततापूर्वक गरिएको देखिन्छ।’ 

प्रकाशित: ९ श्रावण २०८२ ०९:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App