२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

कोशी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

कोशी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

जेनजी आन्दोलनको पाँच महिनापछि माघ २५ गतेदेखि सुरु भएको प्रदेश सभाको आठौं तथा हिउँदे अधिवेशनमा ६ वटा बैठक बसेको छ। प्रदेश सभाको शुक्रबारको बैठकमा कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले प्रदेशसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिए।

शुक्रबारको बैठकमा न्याय प्रशासन तथा विधायन समितिका सभापति कमला दर्नालले आर्थिक वर्ष ०८१/८२ को समितिको वार्षिक प्रतिवेदन पेस गरेकी थिइन्।

प्रकाशित: १ फाल्गुन २०८२ १८:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App