संसद्को राज्य व्यवस्था तथा सुशासन समितिकाे सभापतिबाट रामहरि खतिवडाले राजिनामा दिएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।
उनले आज नै सभामुख देवराज घिमिरे र पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग भेट गरेका थिए।
निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले उनलाई नैतिक जिम्मेवार ठहर्याएको थियो।
प्रकाशित: २७ श्रावण २०८२ १६:४४ मंगलबार





