२१ असार २०८३ आइतबार
image/svg+xml
राजनीति

बजेट विवादले कर्णाली प्रदेशसभा अवरुद्ध

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर उत्पन्न विवादका कारण कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बजेटमा व्यापक त्रुटि रहेको दाबी गर्दै संशोधन नभएसम्म सदन सञ्चालन हुन नदिने अडान लिएको हो।

बिहीबार बसेको प्रदेशसभा बैठकमा नेकपाका संसदीय दलका नेता मंगलबहादुर शाहीले सरकारले बजेट निर्माणका क्रममा पूर्वसहमति, कानुनी व्यवस्था तथा स्थापित मापदण्डलाई बेवास्ता गरेको आरोप लगाए। उनले बजेटमा प्रदेशको आर्थिक विकास र समृद्धिका लागि स्पष्ट दृष्टिकोण तथा लक्ष्यको अभाव रहेको टिप्पणी गरे।

शाहीले विगतमा दलहरूबीच भएका सहमतिविपरीत सरकारले एकपक्षीय ढंगले बजेट ल्याएको दाबी गर्दै यसलाई सच्याउन माग गरे। प्रतिपक्षको विरोधपछि बैठकको कार्यसूची प्रभावित भएको थियो।

नेकपाले बजेटमा आवश्यक संशोधन नगरेसम्म आफ्नो विरोध जारी रहने जनाएको छ। यससँगै प्रदेश सरकार र प्रतिपक्षबीच सहमति खोज्ने प्रयासलाई चासोका साथ हेरिएको छ।

 

प्रकाशित: ११ असार २०८३ २१:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App