जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय सदस्य प्रमिला कुमारी सिंहलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ।
समाजवादी महिला सङ्घकी केन्द्रीय उपाध्यक्षसमेत रहेकी उनलाई पार्टी विधानविपरीत कार्य गरेको ठहर गर्दै पार्टीले निष्कासन गरेको हो।
'पार्टीको विधान, नीति तथा सिद्धान्तविपरीत कार्य गरेको पाइएकोले निजलाई आजकै मितिबाट पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको व्यहोरा जानकारी गराइन्छ,' बिहीबार (आज) केन्द्रीय कार्यालय सचिव पेशल ढकालले एक विज्ञप्ति जारी गरेर भनेका छन्।
प्रकाशित: २९ श्रावण २०८२ १९:२२ बिहीबार





