१० चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

जसपा, नाउपा नेपाल र राष्ट्रिय मुक्ति पार्टी एकल चुनाव चिन्ह लिएर निर्वाचनमा जाने

जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालीबीच कार्यगत एकता भएको छ। 

जसपा अध्यक्ष अशोक राई, राष्ट्रिय मुक्तिका अध्यक्ष राजेन्द्र महतो र नाउपा नेपालका अध्यक्ष रेशमलाल चौधरीबीच एउटै चुनाव चिन्ह लिएर प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने सहमति भएको हो ।  तीन नेताले आइतबार सहमतिपत्रमा हस्ताक्षर गरे।  

फागुन २१ गते हुने निर्वाचनमा नाउपा नेपालले अहिले प्रयोग गर्दै आएको जाँतो (चक्रिया) चुनाव चिन्हलाई प्रयोग गर्ने सहमति भएको तीन नेताले संयुक्तरुपमा हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ।  

साथै तीन दलले विचार मिल्ने दललाई पनि एकल चुनाव चिन्हमा सहमत हुन आह्वान गरेका छन् । 

प्रकाशित: ७ मंसिर २०८२ १९:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App