जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुने निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको घोषणापत्रमा सामाजिक न्याय, समावेशिता, समान अवसर र पारदर्शी शासनमार्फत लोककल्याणकारी राज्य निर्माण गर्ने लक्ष्य राखेको छ।
घोषणापत्रमा सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने उल्लेख छ। स्वास्थ्य सेवालाई राज्यको पूर्ण दायित्वका रूपमा स्थापित गर्दै गुणस्तरीय र सर्वसुलभ उपचार सेवा सुनिश्चित गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ।
घोषणापत्रमा शिशु कक्षादेखि उच्च तहसम्म निःशुल्क शिक्षा सुनिश्चित गरिने, शिक्षाको पूर्ण सार्वजनिककरण गर्दै विद्यालय, कलेज र विश्वविद्यालयसम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क बनाइने उल्लेख छ।
प्रकाशित: १ फाल्गुन २०८२ १७:३५ शुक्रबार





