उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्यहरू देवबहादुर दूरा र दीपक दोर्जी लामा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । दुवै नेताहरूलाई आज माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा स्वागत गरे।
नेतृत्व तहका यी दुई व्यक्तित्वको आगमनलाई माओवादी केन्द्रले जेनजी आन्दोलन पछि माओवादी केन्द्रप्रति जनताको भरोसा थप बढेको, आगामी निर्वाचन र पार्टी सुदृढीकरणको दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।
प्रचण्डले वर्तमान राजनीतिक परिदृश्यमा वाम एकता र परिवर्तनकारी एजेन्डाका लागि सबै प्रगतिशील शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याउँदै, नेताहरूलाई पार्टीको सिद्धान्त र कार्यक्रमअनुसार अघि बढ्न आह्वान गरे ।
दूरा र लामाले पनि माओवादी आन्दोलन र संकटको नेतृत्व प्रचण्डबाट मात्रै सम्भव भएको भन्दै जनताको पक्षमा संघर्षरत रहने प्रतिबद्धता जनाए ।
प्रकाशित: २४ आश्विन २०८२ १९:१९ शुक्रबार





