२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

जनमत उपाध्यक्ष साह पार्टीबाट निष्कासित

जनमत पार्टीले पार्टीका राष्ट्रिय उपाध्यक्ष दीपक कुमार साहलाई पार्टीबाट निष्कासित गरेको छ। यसअघि ६ महिनाका लागि निलम्बनमा परेका साहलाई पार्टीले निष्कासित नै गरेको हो।

पार्टीको अनुशासन केन्द्रीय अनुशासन समितिले बिहीबार (आज) एक विज्ञप्ति जारी गरेर साहलाई निष्कासित गरिएको बारेमा जानकारी दिएको छ।

‘पार्टीको सम्पूर्ण पदबाट निलम्बन भइसकेपछि पनि पार्टीको नाम, झण्डा, छाप आदिको अवैध प्रयोग गर्दै कार्यक्रम गरेको’, पार्टीको विधान उल्लङ्घन गरेको देखिएकाले तपाईंलाई जनमत पाटर्थीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरिएको जानकारी गराउँदछौँ,' अनुशासन समिति संयोजक नरेन्द्र प्रसाद चौधरी र सदस्य-सचिव अनिता कुमारी मण्डलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

यसअघि साहको पार्टी अध्यक्ष डा. चन्द्रकान्त राउतसँग सम्बन्ध बिग्रेको थियो भने उनीहरूका बीचमा आरोप-प्रत्यारोप चल्थ्यो। पार्टीले साहले पार्टीको अहित हुने गरी काम गरेको आरोप लगाएको छ भने साहले बिना कारण आफूलाई हटाउन खोजिएको बताउने गरेका छन्। यसैबीच उनी निष्कासनमा परेका हुन्।

प्रकाशित: २२ श्रावण २०८२ १८:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App