१० चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

जनार्दन पार्टीको आवश्यक व्यक्ति हो, उहाँले अरुका पनि कुरा सुन्नुपर्छ: नारायणकाजी

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीले सबैसँग एकताको पहललाई जारी राखेको बताएका छन्।

जारी पार्टीको सचिवालय बैठकबाट बाहिरिने क्रममा उनले बैठक भोलि पनि हुने बताए। यो बैठक मुख्यत: पार्टी एकताकै विषयमा केन्द्रित रहेको पनि उनले जानकारी दिए।  

उनले भने, ‘पार्टीको सचिवालय बैठक जारी छ। भोलि पनि बस्छ। धेरै कुरा प्रवक्ताले भन्नुहुन्छ। आजको बैठकमा वार्ता टोलीले आफ्नो रिपोर्टिङ गर्नुभयो। त्यसैको सेरोफेरोमा बैठक केन्द्रित थियो।’

जनार्दन त उठेर हिँड्नुभयो। तपाईं एकताको पक्ष कि विपक्षमा भन्ने प्रश्नमा श्रेष्ठले भने, ‘पार्टी एकताको पक्षमा मात्र होइन्। पार्टी एकताको पहल गर्ने एक सुत्रधारको भूमिकामा म छु। एकीकृत समाजवादी पार्टीसँग पनि एकता त गर्ने हो। तर सिंगै पार्टीसँग एकता गर्न पहल गर्नेछौँ।’

जनार्दनसँग जोडेर सोधिएको प्रश्नमा उनले ठट्यौली जवाफ दिए, ‘उहाँ जुरुक्कै उठेर हिँड्नु भएको हो। हुन त हिँड्नलाई जुरुक्कै उठ्नुपर्छ नै। हा हा हा ... तर उहाँले आफ्नो कुरा राखेर अरुका कुरा पनि सुनुपर्थ्यो र धारणा बनाउनुपर्थ्यो। त्यो आज गर्नुभएन। अर्को बैठकमा गर्नुहोला। उहाँ पार्टीका सम्पूर्ण गतिविधिका लागि अत्यावश्यक मान्छे हो। पुनर्विचार गर्नुहुनेछ। पार्टीले उहाँसँग पनि छलफल गर्नुपर्छ।’

प्रकाशित: १५ कार्तिक २०८२ १९:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App