१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

पार्टी एकताप्रति असन्तुष्टि जनाउँदै जनार्दनले घोषणा गरे ‘प्रगतिशील अभियान’

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले एकीकृत समाजवादी लगायत साना दलहरूसँगको एकता प्रक्रियामा आफ्नो असहमति जनाउँदै नयाँ अभियानको घोषणा गरेका छन्।

मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले ‘प्रगतिशील अभियान नेपाल’ नामक नयाँ अभियानको सुरुवात गरेको जानकारी दिए।

उनले भने, ‘हामीले ‘प्रगतिशील अभियान नेपाल’ नामक अभियान सञ्चालन गर्दैछाैं। जसमा राष्ट्रलाई माया गर्ने, देशलाई समृद्धि गर्न चाहने, सुशासन कायम गर्न चाहने, पारदर्शितालाई आत्मसात गर्ने, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायका समस्याहरूप्रति प्रतिबद्ध भएको त्यस्तो अभियान हामी सञ्चालन गर्न गइरहेका छौं।’

उनले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, विधि र पद्धति कमजोर बन्दै गएको र केही नेतामा शक्ति केन्द्रित भएको भन्दै असन्तुष्टि व्यक्त गरे।

शर्माले हालको एकता प्रक्रियाले जनता र कार्यकर्तामा भ्रम छरेको र केही नेताहरूको स्वार्थमा केन्द्रित रहेको आरोप लगाए।

उनले भने, ‘एकताका नाममा आम जनता, मतदाता, कार्यकर्तालाई भ्रमित पार्दै घृणा फैलाउने प्रयासहरू भइरहेका छन्। विगतका कमीकमजोरीप्रति क्षमा माग्दै अब इमानदारीका साथ नयाँ अभियानमार्फत अघि बढ्ने संकल्प गर्दछौं।’

उनले विगतका सबै अनियमितता र भ्रष्टाचारको छानबिन हुनुपर्ने र दोषी देखिए आफू पनि सजाय भोग्न तयार रहेको उद्घोष गरे।

शर्माले राजनीतिलाई व्यापारको रूपमा बुझ्ने प्रवृत्तिको अन्त्य गर्दै नयाँ पुस्तालाई अगाडि बढाउनुपर्नेमा जोड दिए।

प्रकाशित: १८ कार्तिक २०८२ १५:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App