सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर ब्याटिङ गरिरहेको जनकपुर बोल्ट्सले निकै खराब सुरुवात गरेको छ। ११ रन जोड्दा जनकपुरले आफ्नो दोस्रो विकेट गुमाएको हो।
सुदूरपश्चिमका तीव्र गतिका बलर स्कट कुगेलेइनले जनकपुरलाई ब्याक-टु-ब्याक झड्का दिएका छन्। उनले इनिङको तेस्रो ओभरको दोस्रो बलमा मयन यादवलाई एलबीडब्लू धरापमा पारे।
मयन यादवले १० बलको सामना गर्दै १ चौका मद्दतमा ६ रन बनाएर पेभेलियन फर्किए। यसअघि कुगेलेइनले नै ओपनर आसिफ शेखलाई शून्य रनमा बोल्ड गरेका थिए।
यो समाचार तयार पार्दासम्म जनकपुरको स्कोर २.२ ओभरमा २ विकेट गुमाएर ११ रन रहेको छ। क्रिजमा माज सदाकत ४ रन बनाएर खेलिरहेका छन्।
प्रकाशित: १३ मंसिर २०८२ १५:५६ शनिबार





