नेकपा एमालेका नेता विष्णु रिजालले ढिलो भए पनि सधैं अँध्यारो भइ नरहने भनाइ राखेका छन्। आज सामाजिक सञ्जालमार्फत उनले १७ वर्षको द्वन्द्वमा नभएको क्षति र भ्रष्टहरूले गरेको मुलुकको लुटभन्दा बढी क्षति २४ गते भएको बताए।
सामाजिक सञ्जाल चलाउन नपाएर निस्सासिएका जेन-जी नै भदौ २३ गते सडकमा निस्किएका बताउँदै रिजालले २४ गते यस राष्ट्रका दुश्मनले त्यसलाई कब्जा गरे र केही घण्टामा राष्ट्र तबाह पारेको जिकिर गरे।
रिजालले भने, 'कुनै दिन यिनी लुटेरा र नेपालका दश्मनको नकाव उत्रिनेछ र न्यायको कठघरामा उभिएको देख्न पाइनेछ। ढिलो होला, सधैं अँध्यारो भइरहँदैन।'
प्रकाशित: ९ आश्विन २०८२ १२:३९ बिहीबार





