१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

यो संविधान यथास्थितिमा काम गर्दैन भन्ने प्रमाणित भइसक्योः दाहाल

नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहालले यो संविधान यही अवस्थामा काम नगर्ने प्रमाणित भएको टिप्पणी गरेका छन्। शुक्रबार सम्पादकसँग कुरा गर्दै दाहालले यस्तो बताएका हुन्।  

‘भोलि यही संविधान यथास्थितिमा काम गर्दैन भन्ने कुरा प्रमाणित भइसक्यो,’ दाहालले भने, ‘नयाँ ढंगले संविधान परिमार्जन, संशोधन जेजे भने पनि गर्न पनि राष्ट्रिय सहमति नै आवश्यक छ।’  

विगतमा राष्ट्रिय सहमति र समझदारीले नै ठुलठुला संकटको समाधान गरेको पनि उनले बताए। आफूहरुले गरेको सशस्त्र संघर्ष जटिल परिघटना गरेको बताउँदै उनले राष्ट्रिय सहमतिबाटै अगाडि बढेर समाधान गरेको बताए। ‘संविधान बनाउने बेला पनि सजिलो थिएन। त्यतिबेला पनि हामी सबै मिलेरै राष्ट्रिय सहमतिको आधारमा संविधानको घोषणा ग¥यौं,’ दाहालले भने। 

प्रकाशित: २४ आश्विन २०८२ १४:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App