१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

ईश्वर पोखरेलको नाम धनुषा-१ बाट पहिलो नम्बरमा

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एमालेले धनुषा क्षेत्र नं. १ बाट ईश्वर पोखरेलको नाम सिफारिस गरेको छ ।  पोखरेलको नाम काठमाडौं-५ बाट पनि एकल सिफारिस भएको छ।

सिफारिसका क्रममा धनुषामा विवाद हुँदा अन्ततः पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित १९ जनाको नाम सिफारिस गरिएको हो ।

क्षेत्र नम्बर १ बाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य जुलीकुमारी महतोले पनि दाबी गरेपछि बैठकमा विवाद उत्पन्न भएको थियो ।  

धनुषाधाममा सम्पन्न बैठकमा पार्टी नेता रामचन्द्र मण्डल पक्षले महतोको दाबीलाई अस्वीकार गरेपछि बैठकले १९ जनाकै नाम सिफारिस गरी केन्द्रका पठाएको हो ।  

नेता पोखरेललाई पहिलो नम्बरमा उम्मेदवार सिफारिस गर्दै महतोसहितका अन्यको नाम पठाउने निर्णय भएको छ ।  

सिफारिस अन्य उम्मेदवारहरूमा सविता यादव, रामसिंह यादव, रामचन्द्र मण्डल, किशोरी साह कमल, असर्फी भिनवाह, जुलीकुमारी महतो, राजकिशोर यादव, रेणुदेवी झा, सिपी यादव, उमाशंकर गरगरिया, सरोज कुमार यादव, ई. केदार अधिकारीलगायत छन् ।

 

प्रकाशित: २१ पुस २०८२ १७:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App