आबुदाबीस्थित नेपाली दुतावासले नेपाली नागरिकलाई अनावश्यक यात्रामा ननिस्कन आग्रह गरेको छ । दुतावासले इरानी मिसाइल आक्रमणबाट एक जनाको मृत्यु भएपछि एडभाइजरी जारी गर्दै यस्तो आग्रह गरेको हो ।
मध्यपूर्वमा विकसित परिस्थितिले संयुक्त अरब इमिरेट्स युएईका नेपाली नागरिकलाई अनावश्यक यात्रामा ननिस्कन, सावधानी अपनाउन, युएई सरकारले जारी गरेको सुरक्षा मार्गदर्शन एवं सूचनाको पालना गर्न पनि अनुरोध गरेको छ ।
दूतावासले जारी गरेको एड्भाइजरी हेर्नुहोस् ।

प्रकाशित: १६ फाल्गुन २०८२ १७:१९ शनिबार





