२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

नेतृत्व सुधारेको काङ्ग्रेसले देशलाई पनि विकासको पथमा अघि बढाउँछः प्रवक्ता चालिसे

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले नेतृत्व नै परिवर्तन गरेको पार्टीले देशलाई पनि सुधारेर विकास–निर्माणको नयाँ दिशामा अगाडि बढाउने दाबी गरेका छन्। 

नेपाली कांग्रेस व्यास नगर समितिले शनिबार दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेस नीति र नेतृत्व सुधारेर आएको भन्दै देशलाई अगाडी बढाउने जिम्मेवारी अब कांग्रेसले लिने बताए।  

प्रवक्ता चालिसेले अस्थिर राजनीतिले देश पछौटेपनको सिकार भएको चर्चा गर्दै राजनीतिक स्थायित्व आवश्यक भएको बताए। उनले भने, 'मुलुकको विकासका लागि काङ्ग्रेसले धेरै योगदान गरेको छ । अब देशलाई समृद्धिको बाटोमा लैजाने अभियानको नेतृत्व पनि काङ्ग्रेसले गर्नेछ ।'

प्रकाशित: १६ फाल्गुन २०८२ १७:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App