२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

अनुशासनको कारबाही हो कि प्रतिशोध ? अपरिपक्व निर्णय तुरुन्त फिर्ता गर: चन्द्र भण्डारी

<br>

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले पार्टीले हालै गरेको  केही  नेतामाथि अनुशासनको कारबाहीलाई प्रतिशोधको निर्णय भन्दै तुरुन्त फिर्ता गर्न  चेतावनी दिएका छन्।

‘अनुशासनको कारबाही हो कि प्रतिशोध? आफ्नो पसल बन्द गराएर छिमेकीको पसल चलाउने रणनीति !!!,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली उखान ‘पोहोर मरिन् सासू अहिले आए आँसु ! बेमौसमी बाजा ! गम्भीर आपत्ति !! अपरिपक्व निर्णय तुरुन्त फिर्ता गर !!!’

कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले २०७९ स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गरेको भन्दै कारबाही गरेको थियो। पार्टीका उम्मेदवारलाई पराजित गराउने गलत मनसायका साथ सामाजिक सञ्जाल, अडिओ/भिडिओ लगायत अनेकन् हत्कण्डा प्रयोग गरिएका प्रमाणहरूका आधारमा पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निष्कासन/निलम्बन गर्ने निर्णय गरिएको अनुशासन आयोगका संयोजक आनन्दप्रसाद ढुङ्गानाले बताएका थिए।

प्रकाशित: २६ असार २०८२ १०:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App