१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट विदेश सचिव विक्रम मिस्रीले औपचारिक भ्रमणको निमन्त्रणा दिएका छन्।  

नेपालको दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौँ आएका सचिव मिस्रीले आज सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग गरेको शिष्टाचार भेटका क्रममा निमन्त्रणा दिएका हुन्। भेटमा सहभागी प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले यो जानकारी दिए।  

भेटका अवसरमा दुई पक्षीय उच्चस्तरीय भ्रमणको आदानप्रदान र आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो। भ्रमणको मितिबारे दुवै पक्षले आधिकारिक रूपमा अहिलेसम्म घोषणा गरेका छैनन्। दुवै मुलुकका कूटनीतिक संयन्त्रको आपसी समझदारीबाट उक्त भ्रमणको कार्यतालिका सार्वजनिक गर्ने बताइएको छ। रासस

प्रकाशित: १ भाद्र २०८२ १८:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App