२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेलमाथि अनुसन्धान जारी, अदालतबाट थप तीन दिन म्याद

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलमाथि अनुसन्धान जारी राख्न विशेष अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

सोमबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले अनुसन्धान प्रक्रिया टुंग्याउन आवश्यक देखिएको भन्दै थप तीन दिन म्याद थपको आदेश दिएको हो ।

पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो । त्यसपछि अदालतले पहिलो चरणमा सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

यसअघि अदालतले दिएको सात दिने म्याद असार १४ गते सकिएपछि अनुसन्धान अधिकारीहरूले थप समय माग गर्दै पुनः अदालत पुगेका थिए । सोही अनुरोधमाथि सुनुवाइ गर्दै अदालतले सोमबार थप तीन दिन हिरासतमा राख्न स्वीकृति दिएको हो ।

अब उक्त अवधिमा अनुसन्धान टोलीले पौडेलमाथि लगाइएको आरोपसँग सम्बन्धित थप प्रमाण संकलन, बयान र अन्य कानुनी प्रक्रिया अगाडि बढाउनेछ ।

पौडेलमाथि भइरहेको अनुसन्धानलाई लिएर राजनीतिक वृत्तमा समेत चासो बढिरहेको छ ।

प्रकाशित: १५ असार २०८३ १७:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App