बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र श्रम सँस्कृति पार्टीले सुरुवाति अग्रता लिएका छन्।
निर्वाचन क्षेत्र १ मा ७ हजार ७ सय ३ मत गणना गर्दा रास्वपाका उम्मेदवार पारशमणि गेलालले २ हजार ४ सय २९ मत पाउँदै अग्रता कायम गरेका छन्। उनलाई १ हजार ३ सय २२ मतसहित श्रम सँस्कृतिका उम्मेदवार राजेशकुमार राईले पछ्याईरहेका छन्।
त्यसैगरी नेकपा (एमाले)का दुर्गाकुमार थापाले १ हजार १ सय २९ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का बलदेव चौधरीले १ हजार ५७ मत ल्याएका छन्। नेपाली काँग्रेसका विदुर बस्नेतले ८ सय १९ पाएका छन् भने जनता समाजवादी पार्टी (जसपा)का गणेशकुमार राईले १ सय ११ मत पाएका छन्।
उता २ नं. निर्वाचन क्षेत्रमा श्रम सँस्कृति पार्टीले सुरुवाति अग्रता लिएको छ। ३ वटा वडामा खसेको मत गणना गर्दा श्रम सँस्कृतिका उम्मेदवार बलराज राईले ५ सय २९ मत पाउँदै अग्रता लिएका छन्।
एमालेका अम्मर रायमाझी ३ सय ७९ का साथ उनलाई पछ्याईरहेका छन् भने ३ सय १० मतले नेकपाका उम्मेद्वार सुरेशकुमार राई र नेपाली काँग्रेसका रामकुमार राई २ सय ४४ मतका साथ तेस्रो र चौथो स्थानमा छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ १८:०६ शुक्रबार





