२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

आयल निगमको निरीक्षणमा उद्योगमन्त्री, इन्धन भण्डारण र आपूर्ति व्यवस्थाबारे लिइन् जानकारी

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगमको निरीक्षण तथा अनुगमन गरेकी छन्।

निगमको समग्र अवस्था र सेवा प्रवाहको प्रभावकारिता बुझ्न मन्त्री यादव बुधबार निगमको केन्द्रीय कार्यालय पुगेकी हुन्।

निरीक्षणका क्रममा मन्त्री यादवले निगमको वर्तमान इन्धन आपूर्ति अवस्था, भण्डारण क्षमता र सञ्चालन व्यवस्थापनबारे जानकारी लिइन्।

उनले उपभोक्तालाई सहज रूपमा इन्धन उपलब्ध गराउन र भण्डारण क्षमता विस्तारका योजनालाई प्राथमिकता दिन निर्देशन दिइन्।

सो अवसरमा मन्त्री यादवले निगमका उच्च पदाधिकारीहरूसँग छलफल गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिइन्।

छलफलका क्रममा निगमको वर्तमान अवस्था, चुनौती र आगामी कार्ययोजनाबारे पदाधिकारीहरूले मन्त्रीलाई ब्रिफिङ गरेका थिए।

प्रकाशित: २० जेष्ठ २०८३ १९:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App