नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिस्रीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरेका छन् ।
नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आएका सचिव मिस्रीले अध्यक्ष निवास खुमलटारमा अध्यक्षसंग भेट गरेका हुन् । भेटमा नेपाल-भारत द्विपक्षीय हितका विषयमा छलफल भएको छ ।
मिस्रीले यसअघि नै राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग शिष्टाचार भेट गरिसकेका छन् ।
प्रकाशित: १ भाद्र २०८२ १६:३४ आइतबार





