२१ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
राजनीति

बहुआयामिक सम्बन्धलाई उचाइमा पुर्‍याउन भारत तयार छ : मोदी

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार नयाँ दिल्लीमा भेटवार्ता भएको छ। 

भेटपछि प्रधानमन्त्री मोदीले लामिछानेलाई भेट्न पाएकोमा खुसी व्यक्त गर्दै नेपालसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै साझा समृद्धि र उज्ज्वल भविष्यका लागि सहकार्य गर्ने लामिछानेको इच्छाको स्वागत गरेका हुन्।   

मोदीले आफ्नो सन्देशमा नेपाल भारतको ‘पडोसी पहिलो’ नीतिमा प्राथमिक साझेदार राष्ट्र रहेको बताउँदै  दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउन भारत तयार रहेको बताएका छन्।  

भेटपछि मोदीले लामिछानेसँगको संवादले आफूलाई खुसी तुल्याएको उल्लेख गर्दै आगामी दिनमा नेपाल र भारतबीचको सहकार्य अझ विस्तार हुने विश्वास व्यक्त गरेका छन्। 

प्रकाशित: २० जेष्ठ २०८३ १४:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App