रविन्द्र मिश्रले नेपालमा समावेशी लोकतन्त्र र संवैधानिक राजसंस्था दुवैलाई जोगाउनुपर्ने बताएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत उनले देशको दीर्घकालीन हित र अस्तित्वका लागि नवीन समझदारी आवश्यक रहेको बताएका हुन्।
मिश्रले लेखेका छन्, ‘मलाई धेरै कुरा थाहा नहोला, तर के चाहिँ थाहा छ भने सयौँ कमजोरीका बावजूद नेपालको हकमा समावेशी लोकतन्त्र जोगाउनै पर्छ। केही कमजोरीका बावजूद नेपालको हकमा संवैधानिक राजसंस्था पनि जोगाउनै पर्छ।’
मिश्रले विगतदेखि नै संवैधानिक राजसंस्थासहितको लोकतान्त्रिक व्यवस्थाको पक्षमा आवाज उठाउँदै आएका छन्।
प्रकाशित: २० जेष्ठ २०८३ ११:१६ बुधबार





