२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

पशुपतिनाथ उत्पत्ति भएको देशमा हामी कोही गरिब छैनौँ, गरिब छ त हाम्रो सोच : सांसद तामाङ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आसिका तामाङले सुन नभएर मान्छे कहिल्यै गरिब हुने भनाइ राखेकी छन्।

भगवान् शिवको उदाहरण दिँदै उनले भनिन्, 'सुन ,सुन, सुन, फेरि सुन्नु है त यदि सुन नभएर मान्छे गरिब हुने भए भगवान् 'शिव' यो संसारका सबैभन्दा गरिब हुने थिए होला किनकि उनी पर्वतमा बस्छन् ,चट्टानमा सुत्छन्, बाघको छाला उनका कपडा, नागको माला उनको गहना हो।'

पशुपतिनाथ उत्पत्ति भएको देशमा कोही पनि गरिब नभएको उनको तर्क छ। उनले गरिब मान्छेको सोच भएको बताइन्। साथै उनले सुन नभएर पनि मान्छे बाँच्न सक्ने तर नुन भएन भने बाँच्न नसक्ने भनाइ राखिन्।

सामाजिक सञ्जालमा उनले भनिन्, 'पशुपतिनाथ उत्पत्ति भएको देशमा हामी कोही गरिब छैनौँ, गरिब छ त हाम्रो सोच! सुन नभएर पनि हामी बाँच्न सक्छौ तर नुन भएन भने हामी बाँच्न सक्दैनौ।'

प्रकाशित: १ वैशाख २०८३ ०६:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App