युवा आन्दोलनले कपिलवस्तुका जनप्रतिनिधिहरूले धमाधम पदबाट राजीनामा दिएका छन्। पूर्वमन्त्री तथा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुरेन्द्रराज आचार्यले राजीनामाको घोषणा गरेका छन्। उनले आफ्नो फेसबुक वालमा ‘वर्तमान बदलिँदो परिस्थिति र युवा को आन्दोलनलाई समर्थन गर्दै’ राजीनामाको घोषणा गरेका हुन्।
यस्तै लुम्बिनी प्रदेश सदस्य नवराज लामिछाने, बुद्धभूमि नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठ र उपमेयर मीरा कुमारी थारुले समेत राजीनामा दिए।
यस्तै बुद्धभूमि नगरपालिकाको वडा नम्बर २ का अध्यक्ष सुरजप्रताप राणा, वडा नम्बर ३ का अध्यक्ष गोविन्दप्रसाद आचार्य, वडा नम्बर ४ का अध्यक्ष सुशील चौधरी, वडा नम्बर ५ का अध्यक्ष रोमबहादुर थापा, वडा नम्बर ९ का अध्यक्ष प्रमोद चौधरी, वडा नम्बर १० का अध्यक्ष सन्दीपकुमार पाण्डेले समेत राजीनामा दिएका छन्।
यस्तै कपिलवस्तु नगरपालिकाको वडा नम्बर २ का अध्यक्ष अशोककुमार गुप्ता र वडा नम्बर ३ का अध्यक्ष प्रकाश गुरुङले समेत राजीनामा दिएका छन्।
प्रकाशित: २५ भाद्र २०८२ ०८:५४ बुधबार



-600x400.jpg)

