२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपा महाधिवेशनको असर संसद बैठकमा: प्रतिनिधिसभा १२ गतेलाई सर्‍यो

रास्वपा महाधिवेशनको असर संसद बैठकमा देखा परेको छ । महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर सारिएको छ ।  

संघीय संसद् सचिवालयले भोलि बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको जानकारी गराएका हो।

संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचना अनुसार अब अर्को बैठक १२ गते १ बजे बस्नेछ।

सत्तारुढ दल रास्वपाको महाधिवेशनलाई केन्द्रित गरेर ६ दिन बैठक पछिलाई राखिएको थियो। तर रास्वपाको जारी महाधिवेशन लम्बिएपछि शुक्रबारलाई सारिएको हो।  

दुई तिहाइ नजिकको बहुमत प्राप्त रास्वपाको महाधिवेशन जारी रहँदा मन्त्रिपरिषद्का अधिकांश सदस्यसहित रास्वपाका सांसद चितवनमा छन् ।  

प्रकाशित: १० असार २०८३ १६:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App