नेकपा एमालेका नेता गोकुल बासकोटाले राजनीतिक नियुक्ति लिएका जो कोहीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्।
सरकारले अध्यादेश ल्याएर राजनीतिक नियुक्ति पाएका व्यक्तिलाई पदबाट हटाउने योजना गरेको भन्दै विभिन्न क्षेत्रबाट धमाधम राजीनामा आइरहेको छ। यही प्रशंगलाई बासकोटाले व्यङ्ग्य गर्दै राजनीतिक हैसियतका आधारमा नियुक्ति पाएकाहरुलाई चुपचाप राजीनामा दिन सुझाव दिएका हुन्।
'पार्टीहरुको राजनीतिक हैसियतका आधारमा नियुक्ति पाउने पद र पाएका व्यक्तिहरुले सरकार फेरिएपछि ईफ, बट, धर्ना, जुलस, आन्दोलन, अदालत धाउने होईन, खुरुक्क त्यो जागीर त्यै दिनबाट छोडेर घर जाने हो। एमाले, काँग्रेस, नेकपाले किचकिच नगर है, यो विषयमा। यसले ब्यक्ति हिताय र समाज रिसाय हुन्छ।,' उनले सामाजिक संजालमा लेखेका छन्।
प्रकाशित: १८ वैशाख २०८३ १२:४७ शुक्रबार



-600x400.jpg)

