१ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

सदस्यता नवीकरण नगरे कांग्रेसको क्रियाशील सदस्य नै हुँदैन: गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको क्रियाशील सदस्यले अनिवार्य सदस्यता नवीकरण गराउनुपर्ने बताएका छन् । पार्टीले आजदेखि थालेको क्रियाशील सदस्यता अद्यावधिक अभियानको शुभारम्भ गर्दै सभापति थापाले क्रियाशील सदस्यता अध्यावधिक गर्ने र पार्टीलाई पुनर्संगठित गर्ने यो अभियानलाई कांग्रेसले जरा अभियानको रुपमा घोषणा गरेको बताए ।  

उनले वडा कार्यालयमा गएर पार्टी सदस्यता नवीकरण गर्दै अरु कांग्रेस सदस्यलाई पनि नवीकरणको आह्वान गरे । उनले भने, ‘म नेपाली कांग्रेसको सभापति हो । मेरो जरा भनेको मेरो वडा कार्यसमिति नै हो । त्यो ठाउँमा आएर मैले मेरो सदस्यता अध्यावधिक गरेँ । यसलाई कसैले डिस्टर्ब नगर्नुहोला । सबैले गर्नुपर्छ । मैले अनुरोध पनि गरेँ ।’

सदस्यता नवीकरण नगर्नेलाई क्रियाशील सदस्य भन्ने नमिल्ने तर्क थापाले गरे । उनले भने, ‘जसले सदस्यताको नवीकरण गर्दैन उसलाई नेपाली कांग्रेसको क्रियाशील सदस्य भन्न मिल्दैछ।’

प्रकाशित: १ वैशाख २०८३ १४:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App