नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपालका नेताहरूको सोचमा नै आन्तरिक द्वन्द्व रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले नेपालका नेताहरूमा राष्ट्रिय सोच पनि कमजोर रहेको जिकिर गर्दै यस्तो बताएका हुन्। उनले समृद्ध नेपालको आधार आमाको गर्भबाट नै कमजोर त भइरहेको छैन भन्दै गम्भीर प्रश्न तेर्स्याएका छन्।
उनले आमालाई नै पौष्टिक आहारको कमी हुँदा स्वस्थ र सक्षम सन्तान र पुस्ता कसरी निर्माण हुन्छ भन्दै जरालाई मल नहाली टुप्पो नफैलिन बताए।
आफूले यो विषय विगतमा संसद्मा समेत उठाएको उनले बताए। उनले भने, 'नेपालका नेताहरूको सोचमा नै आन्तरिक द्वन्द्व छ- राष्ट्रिय सोच कमजोर छ! अर्को गम्भीर प्रश्न- समृद्ध नेपालको आधार आमाको गर्भबाट नै कमजोर त भइरहेको छैन? आमालाई नै पौष्टिक आहारको कमी हुँदा स्वस्थ र सक्षम सन्तान र पुस्ता कसरी निर्माण हुन्छ? जरालाई मल नहाली, टुप्पो फैलिँदैन। यो विषय मैले विगतमा संसदमा समेत उठाएको थिए।'
प्रकाशित: २४ श्रावण २०८३ ०८:३४ आइतबार





