प्रधानमन्त्री सुशीला कार्कीले संविधान संशोधन आवश्यक परे संवैधानिक प्रक्रियाबाटै गरिने बताएकी छन् । उनले नेपालको शासकीय प्रणालीको परिवर्तन अहिलेको सरकारको कार्यक्षेत्र भित्र नभएको पनि बताइन ।
आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अहिले प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रणाली कायम गर्नुपर्ने कुरा जेन-जी आन्दोलनका क्रममा उठे पनि त्यस्तो गर्ने अवस्था अहिले नरहेको बताइन ।
उनले वर्तमान सरकारको मुख्य लक्ष्य नै निर्वाचन हुने र निर्वाचनलाई केन्द्रमा राखेर काम गर्ने बताइन ।
सम्बोधनका क्रममा उनले भनिन्, ‘शासकीय प्रणालीको संशोधन विषय वर्ततमान सरकारको कार्यक्षेत्र भन्दा बाहिर भएकाले ले संवैधानिक प्रक्रियाबाटै संविधान संशोधनको गर्न आह्वान गर्दछु ।’
प्रकाशित: ९ आश्विन २०८२ १८:३३ बिहीबार





