४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

रामहरि खतिवडाको ठाउँमा म भएको भए राजीनामा दिएर सांसद पद नै खाली गरिदिन्थेँ : शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसद्को राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको आलोचना गरेका छन्।

बुधबार (आज) नागरिक फ्रन्टलाइनमा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँगको कुराकानीका क्रममा उनले सभापति खतिवडाको आलोचना गरेका हुन्।

कुलिङ पिरियडको सन्दर्भको सन्दर्भ कोट्याउँदै प्रमुख सचेतक शाहीले 'गर्नेलाई भन्दा देख्नेलाई लाज' भएको बताए।

'यो त उहाँको नैतिकतामाथिको ठूलो प्रश्न हो। यदि म रामहरि माननीयज्यूको ठाउँमा म भएको भए राजीनामा दिएर सांसद पद नै खाली गरिदिन्थेँ,' उनले भनेका छन्।

प्रकाशित: २५ असार २०८२ १९:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App