२५ श्रावण २०८३ सोमबार
image/svg+xml
राजनीति

राप्रपामा वैचारिक विचलन : नुवाकोटका ३३ पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा

राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र देखिएको वैचारिक विचलन, स्वेच्छाचारी प्रवृत्ति र गुटबन्दीबाट आजित भएर नुवाकोट, पंचकन्या गाउँपालिकाका ३३ जना पदाधिकारी तथा सदस्यहरूले राप्रपाबाट सामूहिक राजीनामा दिएका छन्।

आइतबार राप्रपा परित्याग गर्ने स्थानीय नेताहरूले अध्यक्ष राजेन्द्र लिङ्देनले एउटै विचार, सिद्धान्त र एजेण्डामा कटीबद्ध सहयात्रीहरूलाई समेट्न नसकेको भन्दै नेतृत्वको आलोचना गरेका छन्। स्रोतका अनुसार राप्रपा परित्याग गर्नेहरू डा. धवलशम्सेर राणा सभापति रहने प्रस्तावित जय नेपाल पार्टीमा आबद्ध हुनेछन्।

नुवाकोट राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको गृह जिल्ला हो र स्थानीय तहका नेता, कार्यकर्ताहरूको सामूहिक राजीनामा अएपछि राप्रपाबाट ठूलै हलचल मच्चिएको छ।

राप्रपाबाट राजीनामा गर्नेहरूमा पंचकन्या गाउँपालिकाका राप्रपा अध्यक्ष चक्र बहादुर कार्की, उपाध्यक्षहरू गीता मिजार र शंकर थापा, सचिव जयराम थापालगायत सदस्यहरू छन्। त्यसैगरी राप्रपाबाट अलग हुनेमा पंचकन्या गाउँपालिका वडा नं १ का अध्यक्ष मनोजकुमार राई, वडा नं ३ का अध्यक्ष राजु कार्की, वडा नं ४ का अध्यक्ष भक्तबहादुर अधिकारी र वडा नं ५ का अध्यक्ष कर्णप्रसाद सिटौला लगायत पाँचै वडाका अन्य पदाधिकारी तथा सदस्यहरू छन्।

प्रकाशित: २५ श्रावण २०८३ ०७:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App