महोतरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद् उज्ज्वलकुमार झाले मधेसलाई काठमाडौंसँग जोड्न चाहेको बताएका छन् । भक्तपुरका मन्जित मल्ल प्रधानांगले उनलाई बधाई तथा शुभकामना दिन आइतबार राजधानीमा गरेको कार्यक्रममा सांसद् झाले त्यसका लागि आफूले भूमिका खेल्न चाहेको बताए ।
के मधेस, के पहाडीया हामी सबै नेपाली भएको भन्दै उनले सबैलाई एउटै डालोमा राखेर हेर्नुपर्ने बताए । कार्यक्रममा भक्तपुर विकास समितिका अध्यक्ष राजुमृगेन्द्र जोशी, आयोजक मन्जित मल्ल प्रधानांगलगायतले हिमाल, पहाड, तराई हामी सबै नेपाली भन्ने भावका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।
प्रकाशित: १५ चैत्र २०८२ १९:२९ आइतबार





