नेपाली कांग्रेसका इतर पक्षका नेता डा. शशांक कोइरालाले आफू पार्टी फुटाउने पक्षमा नरहेको स्पष्ट पारेका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रमबाट बाहिरिने क्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले आफू कांग्रेसलाई एकताबद्ध बनाउने अभियानमा रहेको बताए।
‘मेरो कर्तव्य कांग्रेसलाई एक बनाउने हो। बीपी कोइरालाले जसरी कांग्रेसलाई एक बनाउनुभएको छ, त्यही नै मेरो कर्तव्य हो। म फुटाउने काम गर्दिनँ,’ उनले भने।
छुट्टै भेलाको सभापति बन्नुपर्ने अवस्था आए के गर्नुहुन्छ भन्ने प्रश्नमा कोइरालाले आफूहरू अलग हुने पक्षमा नरहेको बताए। ‘छुट्टै होइन, एकतातिर हामी जानुपर्छ। भविष्य त्यसैमा छ,’ उनले भने।
आफूहरूले कांग्रेस फुटाउन लागेको भन्ने चर्चा गलत भएको दाबी गर्दै उनले पार्टीलाई विभाजन नभई एकताको दिशामा अघि बढाउनुपर्नेमा जोड दिए।
प्रकाशित: २५ श्रावण २०८३ १७:४६ सोमबार





-600x400.jpg)