२ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

१०० दिनसम्म सांसदका कामको कुनै टिप्पणी गर्दिन: रवि लामिछाने

रास्वपा सभापति रवि लामिछानेले सांसदहरूलाई आफ्नो भूमिका र जिम्मेवारी पहिचान गर्दै निर्बाध रूपमा काम गर्न निर्देशन दिएका छन् ।

शुक्रबार कोशी प्रदेशका सांसदहरूसँग भएको छलफलमा पार्टी सभापति लामिछानेले १०० दिनसम्म सांसदहरूको कार्यसम्पादनबारे कुनै टिप्पणी नगर्ने बताउँदै जिम्मेवारीअनुसार सक्रिय हुन आग्रह गरे ।  

छलफलका क्रममा लामिछानेको भनाई उदृत गर्दै सांसद गणेश कार्कीले भने, ‘आज खासगरी सांसदहरूको अनुभूति सुनाउनेजस्तो मात्रै थियो। उहाँले १०० दिनसम्म सांसदहरूको कामको टिप्पणी नगर्ने, आफ्ना काम र जिम्मेवारीको पहिचान गर्न भन्नुभएको छ।’  

सभापति लामिछानेले प्रदेशगत रूपमा सांसदहरूसँग अन्तरक्रिया कार्यक्रम सुरु गरेका छन्। शुक्रबार उनले कोशी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गरेका हुन्।

प्रकाशित: ८ जेष्ठ २०८३ १७:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App