४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

मलाई ८४ को निर्वाचनमा जिताए भ्रष्टाचारको 'भ'सम्म पनि उच्चरण गर्न दिने छैन : राई

फाइल तस्बिर

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफूलाई ८४ को निर्वाचनमा जिताए विदेशी ऋण नलिने बताएका छन्।

सामाजिक सञ्जालमार्फत फेरि आफू र आफ्नो समूह निर्वाचनमा आउने बताउँदै मेयर राईले यस्तो जिकिर गरेका हुन्। उनले स्वदेशी अर्थतन्त्र सुधारेर विकास गर्ने र फजुल खर्च कटौती गर्ने समेत उल्लेख गरे। साथै भ्रष्टाचारको 'भ'सम्म पनि उच्चरण गर्न नदिइने उनको दाबी छ।

राई लेख्छन्, 'मलाई र मेरो समूहलाई ८४ मा ठाउँमा पुर्‍याइदिए हामी विदेशी ऋण लिनेछैनौँ! स्वदेशी अर्थतन्त्र सुधारेरै विकास गर्ने छौँ! फजुल खर्च कटौती हुने छ! भ्रष्टाचारको 'भ'सम्म पनि उच्चरण गर्न दिइने छैन!'

मेयर राईले पछिल्लो समय एउटा समूह बनाएर ८४ को निर्वाचनमा होमिने घोषणा गर्दै आएका छन्। उनी निर्वाचनमा आफूलाई जिताउन बारम्बार आग्रह समेत गर्दै आएका छन्।

प्रकाशित: ३ श्रावण २०८२ ०६:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App